गाईले कुल्चिँदा बालिकाको मृत्यु

विराटनगर । मोरङको सुनवर्सी नगरपालिकामा गाईले कुल्चिँदा बालिकको मृत्यु भएको छ । सुनबर्सी नगरपालिका-८ स्थित बिश्वकर्मा टोलका मजमुल हकको ४ वर्षीया छोरी सवाना खातुनको गाईले कुल्चिँदा मृत्यु भएको हो ।

सुनबर्सी-९ बस्ने सहदेव यादवले चराएर लग्ने क्रममा आँगनमा खेल्दै गरेकी बालिकालाई उफ्रिँदै आएको गाईले कुल्चिएको थियो । गाईले कुल्चिएपछि बालिकाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रतिक्रिया