भारतमा एकैदिन कोरोनाले लियो ३९८२ को ज्यान

काठमाडौं । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । कोभिड-१९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८२ जनाको मृत्यु भएको हो ।

भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि भारतमा मंगदबार पनि कोरोनाकै कारण ३ हजार ७ सय ८० जनाको मृत्यु भएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ४ लाख १२ हजार ६ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि अघिल्लो दिन ३ लाख ८२ हजार ३ सय १५ जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतमा अहिलेसम्म २ करोड १० लाख ७० हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ७२ लाख ६९ हजार संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३० हजार १ सय ५१ पुगेको छ ।

प्रतिक्रिया