चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौँ । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो सेमिफाइनलमा चेल्सीले रियल म्याड्रिडलाई २-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ गोल अन्तरको जित निकाल्दै चेल्सी फाइनलमा पुगेको हो ।

यस अघि सेमिफाइनलको पहिलो लिगमा दुवै १-१ गोलको बराबरीमा रोकिएका थिए । चेल्सीको जितमा टिमो वेर्नर र मासन माउन्टले एक एक गोल गरेका थिए । वेर्नरले खेलको २८औं मिनेटमा गोल गरे भने माउन्टले ८५औं मिनेटमा गोल गरेका हुन् ।

अब फाइनलमा उपाधिका लागि चेल्सीले प्रिमियर लिगकै क्लब म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ । सिटीले यस अघि पिएसजीलाई पराजित गर्दै क्लबको इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा आफ्नो स्थान बनाएको हो । फाइनल खेल मे २९ मा हुनेछ ।

प्रतिक्रिया