कुशल आईसीसीको ‘प्लेयर अफ दि मन्थ’ उपाधिको मनोनयनमा

काठमाडौं । राष्ट्रीय टिमको डेब्यु खेलमै उधुम मच्चाएका नेपालका ब्याट्सम्यान कुशल भुर्तेल अन्तराष्ट्रीय क्रिकेट परिषद आईसीसीको महिनाको उत्कृष्ट खेलाडी (‘प्लेयर अफ दि मन्थ’) उपाधीको मनोनयनमा परेका छन् ।

अप्रिल महिनाको ‘प्लेयर अफ दि मन्थ’ उपाधिको मनोनयनमा कुशलसँगै पाकिस्तानका फकार जमान र बाबर आजम पनि परेका छन् । काठमाडौंमा भएको नेदरल्याण्डस र मलेशियासँगको त्रिदेशीय ट्वेन्टी ट्वेन्टी शृँखलामा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल मनोनयनमा परेका हुन् । २४ बर्षका कुशलले प्रतियोगितामा कुशलले ४ अर्धशतक बनाएका थिए ।

जसक्रममा उनले डेब्यूसहित लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए । कुशल ट्वेन्टी ट्वेन्टी क्रिकेटको डेब्युपछिका लगालग तीन खेलमा अर्धशतक बनाउने पहिलो खेलाडी पनि हुन् । कुशलले नेदरल्यान्ड्सको खेलमा डेब्यू गर्दै ६२ रन बनाएका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ रन र तेस्रो खेलमा नेदरल्यान्ड्सँग ६२ रन बनाउँदै लगातार तेस्रो अर्धशतक पूरा गरेका थिए ।चौथो खेलमा मलेसियासँग १६ रन मात्र बनाउन सकेका उनले त्यसपछिको खेल अर्थात प्रतियोगिताको फाइनलमा नेदरल्यान्ड्ससँग ७७ रन बनाएका थिए । कुशल ट्वेन्टी ट्वेन्टीको ब्याटिङ वरीयताको ६१ औं स्थानमा छन् । बाबर एकदिवसीय क्रिकेटको बरियतामा पहिलो र ट्वेन्टी ट्वेन्टी क्रिकेटको तेश्रो नम्बरमा छन् । कुशलले आफूलाई भोट गर्न अनुरोध गरेका छन् ।

अवार्डको विजेता आइसीसीकै प्यानल र खुला मतदानको मतका आधारमा घोषणा हुने आईसीसीले जनाएको छ । आइसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहने तथा आइसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत हुने छ ।

प्रतिक्रिया