म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौँ । म्यानचेस्टर सिटी पहिलो पटक यूईएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फ्रेन्च क्लब पिएसजीलाई २-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले समग्रमा ४-१ गोल अन्तरको जित हासिल गर्दै फाइनलमा पुगेको हो ।

सिटीको जितमा रियाद महरेजले दुवै गोल गरेका थिए । महरेजले खेलको ११औं र ६३औं मिनेटमा गोल गरेका थिए । त्यस्तै खेलको ६९औं मिनेटमा पिएसजीका एन्जल डि मारियाले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो ।

अब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको फाइनलमा चेल्सी र रियल म्याड्रिडबीचको विजेतासँग खेल्नेछ । दुवै पहिलो लिगमा १-१ को बराबरीमा छन् भने दोस्रो लिग आजराती खेल्दै छन् । फाइनल खेल टर्कीको इस्तानबुलमा मे २९ मा हुनेछ ।

प्रतिक्रिया