आईपीएल स्थगित

काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेट प्रतियोगिता स्थगित भएको छ । खेलाडी र अधिकारीहरुमा कोरोना संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको आइपीएलले जनाएको छ ।

आईपीएलका अध्यक्ष वृजेश पटेलले सबैको हितका लागि यस्तो निर्णय गरिएको बताएको क्रिकइन्फोडटकमले जनाएको छ ।

खेलाडीहरू, सहयोगी कर्मचारी र आईपीएलमा सहभागीहरुको सुरक्षामा सम्झौता गर्न नसिकने भन्दै बीसीसीआईले सबै सरोकारवालाको सुरक्षा, स्वास्थ्य र हितलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको आइपीएलले जनाएको छ ।

पछिल्लोपटक कोलकत्ता नाइट राईडर्सका वरुण चक्रवर्ती र सन्दीप वारियर, सनराइजर्स हैदरावादका विकेटकिपर रिद्धिमन साह, चेन्नईका प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायक कर्मचारीलाई कोरोना देखिएको थियो ।

प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा, चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा छन् । प्रतियोगिता कहिलेबाट शुरु हुन्छ भन्ने केही खुलाइएको छैन ।

प्रतिक्रिया