इनरुवामा बन्यो २० बेडको कोभिड अस्पताल

विराटनगर । सुनसरीको इनरुवा अस्पतालमा २० बेडको कोभिड अस्पताल तयार भएको छ । प्रदेश सरकारको एक जिल्ला २० बेडको कोभिड अस्पताल अनुसार कोभिड उपचारको लागि छुट्टै बेड तयार भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले जिल्ला अस्पतालभित्र छुट्टै कोभिड उपचार केन्द्र शुरु भएको बताए । अहिले बेड राख्ने काम पुरा भइसकेको छ । अक्सिजनको काम सकिने बितिकै कोभिड अस्पताल संचालनमा आउने उनले जानकारी दिए ।कोभिड अस्पतालको अभावमा संक्रमितले उपचार पाउन नसकेको गुनासो आउन थालेपछि तत्काल अस्पताल निर्माण गरिएको प्रमुख प्रसाईले बताए । अस्पताल निर्माणको लागि प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ ।

प्रतिक्रिया