पत्रकारलाई स्वास्थ्य सामाग्री बितरण

काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

बनेपा हेल्थ केयर र काभ्रे रेडियो टेलिभिजन प्रशारक मञ्चको सहयोगमा पत्रकारलाई मास्क, स्यानिटाईजर, फेस सिल्ड, पञ्जालगायत सामाग्री बितरण गरेको नेपाल पत्रकार महासंघ काभ्रेका सह-सचिब सरोज श्री अधिकारीले जानकारी दिए ।

हेल्थ केयर र प्रशारक मञ्चले उपलब्ध गराएका सामाग्री जिल्लामा प्रकाशित पत्रपत्रिका, रेडियो स्टेशन, अनलाईन एवं जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुलाई संस्थागत एवं व्यक्तिगत रुपमा उपलब्ध गराइएको थियो ।

सामग्री हस्तान्तरण गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले संसारभर मनाईने प्रेस स्वतन्त्रता दिवसको अवसरमा महामारीका बेला पत्रकार साथीहरुलाई सुरक्षित तरिकाले फिल्डमा आवतजावत तथा समाचार संकलनमा लाग्न हौसल्ला स्वरुप स्वास्थ्य सामाग्री बितरण गरिएको बताए ।

कार्यक्रममा बनेपा हेल्थ केयरका सञ्चालक जितेन्द्र थापाले बिगतदेखि नै महासंघसँग सहकार्य गरेको र स्वास्थ्यका क्षेत्रमा विशेष सहयोग गर्दै आएको बताउँदै कोरोना महामारीको अवस्थामा मैदानमा खटिने सञ्चारकर्मी शाथीहरुलाई पूर्व सावधानी अपनाउन मायाको चिनो स्वरुप स्वास्थ्य सामाग्री उपलब्ध गराइएको बताए ।

प्रतिक्रिया