मेस्सी र ग्रिजमनको गोलमा बार्सिलोना विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना विजयी भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसीले दुई गोल गरेका छन् भने एन्टोनी ग्रिजमनले एक गोल गरेका छन् । त्यस्तै भलेन्सियाको लागि गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले एक–एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाले आफूलाई उपाधिको दाबेदारको रुपमा कायम राखेको छ । ३४ खेलबाट ७४ अंक जोडेको बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडभन्दा २ अंकले पछि छ । शीर्षस्थानको एट्लेटिकोको ७६ अंक छ । दोस्रो स्थानको रियल म्याड्रिडसँग अंक बराबरी भएपनि हेड टु हेडमा पछि छ ।

प्रतिक्रिया