पन्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

अहमदाबादमा पन्जाबले दिएको १६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । समान ८ खेल खेलको पन्जाबले अहिलेसम्म ३ खेलमा मात्र जित निकालेको छ । पन्जाब ६ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

प्रतिक्रिया