पोलार्ड चम्किदा मुम्बईको रोमाञ्चक जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । चेन्नईले दिएको २१९ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पूरा गरेको हो ।

मुम्बईका लागि केरन पोलार्डले ३४ बलमा अविजित ८७ रन बनाएर मुम्बईलाई जित दिलाएका थिए । पोलार्डले यस सिजनको आइपिएलको कम बलको अर्धशतकसमेत बनाएका थिए । ८७ रन बनाउँदा ६ चौका र ८ छक्का प्रहार गरेका पोलार्डले १७ बलमा अर्धशतक पूरा गरेका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै २१८ रन बनाएको थियो । यो जितपछि मुम्बईले आफ्नो ७ खेलमा चौथो जित हासिल गरेको छ र मुम्बई अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

त्यस्तै चेन्नईको भने ७ खेलमा ५ जित र दोस्रो हारसहित शीर्ष स्थानमा कायम रहेको छ । त्यस्तै दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर पनि १०-१० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया