शनिबार थप पाँच हजार सात सय ६३ संक्रमित थपिए

काठमाडौं । नेपालमा शनिबार थप पाँच हजार सात सय ६३ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको १४ हजार ४०३ पिसिआर परिक्षणका क्रममा ५ हजार सात सय ६ जना र ५६६ एन्टीजेन परिक्षणका क्रममा ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख २८ हजार ८९३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म तीन हजार दुई सय ९८ पुगेको छ ।

त्यस्तै थप १२ सय ८७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म दुुई लाख ८२ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल ४३ हजार २१३ संक्रिय संक्रमित आइशोलेशनमा र ६७ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा २४ लाख ८८ हजार ३५९ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया