धनगढी र चितवनबीच रोमाञ्चक खेल (तस्बिरहरु)

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत अहिले धनगढी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिसकेको छ, जहाँ धनगढी र चितवन दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।

धनगढी ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा धनगढी विराटनगर एफसीसँग ३–० ले पराजित भएको थियो । तर, दोस्रो खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३–० ले हराएको थियो । तेस्रो खेलमा भने धनगढी ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

चितवनको यो तेस्रो खेल हो । चितवन पनि धनगढीलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । चितवन २ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ । चितवनले पहिलो खेलमा ललितपुरसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा चितवनले बुटवलसँग २–२ को बराबरी खेलेको थियो ।

प्रतिक्रिया