सीसीएमसीले कुनकुन नाका खोल्न सिफारिस गर्‍यो ? [सूचीसहित]

काठमाडाैँ । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकले यस्ताे सिफारिस गरेको हाे । उक्त सिफारिसबारे अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ ।

बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र आवतजावत गर्न पाइने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । झापाको काँकडभिट्टा, मोरङको जोगबनी, इलामको पशुपतिनगर, धनुषाको भिठ्ठामोड, रौतहटको गौर, पर्साको वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफान्टा र गड्डाचौकी नाका मात्र खुला रहनेछ । खुला रहेका नाकामा होल्डिङ सेन्टरहरु बनाइनेछ ।

प्रतिक्रिया