भारतीय पत्रकार रोहित सरदानाको मृत्यु : समाचार पढ्दा पढ्दै रोइन् सहकर्मी

नयाँ दिल्ली । भारतीय टेलिभिजन च्यानल ‘आज तक’को शो ‘दंगल’का प्रस्तोता तथा पत्रकार रोहित सरदानाको मृत्यु भएको छ । शुक्रबार हृदयघातबाट मृत्यु भएको सरदानालाई कारोना पोजेटिभ देखिएको थियो ।

उनी भारतमा भएको कुम्भमेलामा रिपोर्टिङ गरेर फर्किएपछि कोरोना संक्रमित भएका थिए । लामो समय ‘जी न्यूज’मा एङ्करको काम गरेका सरदानाले पछिल्लो समय ‘आज तक’ मा काम गरिरहेका थिए ।

‘आज तक’ च्यानलमा प्रशारण भइरहेको शो ‘दंगल’मा एङ्करिङ गरिरहेका पत्रकार रोहितको मृत्युले भारतीय मिडिया स्तब्ध बनेको छ । ‘आज तक’ की एक समाचार वाचिकाले रोहितको मृत्युको खबर पढ्दै रोएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडिओमा उनी टेलिभिजनमा रुँदै समाचार पढ्नै नसक्ने स्थितिमा पुगेको देख्न सकिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रोहितलाई ‘छिटै छाडेर गयौ’ भन्दै फेसबुकमार्फत् श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् भने भारतीय गृहमन्त्री अमित साहले पनि उनको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया