क्यानका सम्पूर्ण खेल स्थगित

काठमाडौं । कोरोना संक्रमण फैलिरहेका बेला नेपाल क्रिकेट संघ क्यानले अर्काे सूचना प्रकाशित नहुँदासम्मका लागि सम्पुर्ण खेल स्थगित गरेको छ ।

शुक्रबार क्यानले सूचना जारी गर्दै कोभिडको वर्तमान अवस्थामा सुधार नआएसम्म र संघको अर्कौ सूचना जारी नभएसम्मका लागि संघबाट हुने सम्पुर्ण जिल्ला छनौट एवं प्रादेशिक प्रतियोगिता, सिरीजहरू तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

‘कोभिड-१९ को वर्तमान अवस्थामा सुधार नआएसम्म र संघबाट अर्को सूचना जारी नभएसम्म संघबाट प्रस्तावित राष्ट्रिय प्रतियोगितालगायत जिल्ला छनौट एवं प्रादेशिक प्रतियोगिता तथा विभिन्न राष्ट्रहरुसँग हुने भनिएको द्विपक्षीय एवम् त्रिपक्षीय सिरिजहरु तत्कालका लागि स्थगित गरिएको व्यहोरा जानकारी गराउँदै सोहीअनुसार जिल्ला एवं प्रादेशिक संघहरुले क्रिकेट खेलका सम्पूर्ण गतिविधिहरु संघबाट अर्को सूचना नआएसम्मका लागि स्थगित गर्न यसै सूचनामाफत जानकारी गराइन्छ‚’ क्यानको विज्ञप्तिमा भनिएको छ ।

यस्तै क्यानले आइसीसीको प्रावधानअनुसार नेपाल क्रिकेट संघलगायत विभिन्न क्लब, एकेडेमी एवं संघसंस्थाहरूबाट आयोजना गरिने क्रिकेट प्रतियोगाहरुको कार्यविधि निर्माण गर्न लागिएको समेत जनाएको छ ।

प्रतिक्रिया