दोश्रो दिन पनि उपत्यकामा निषेधाज्ञा कार्यान्वयन

काठमाडौं । काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुनेगरी जारी गरिएको निषेधको आदेश (निषेधाज्ञा) को दोश्रो दिन पनि अत्यावश्यक कामबाहेकका गतिविधि रोकिएका छन् ।
निषेधाज्ञा पालना गराउन काठमाडौंका चोक चोकमा प्रहरी परिचालन गरिएको छ ।
आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि बन्द छन् ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको छ ।
सबैभन्दा बढी प्रभावित भएको बाँके जिल्लाले वैशाख १३ गतेबाट निषेधाज्ञाको आदेश जारी गरेको थियो ।
सुर्खेत जिल्लाले वैशाख १४ गतेदेखि २१ गतेसम्म निषेधाज्ञा लगाएको छ । काठमाडौ, भक्तपुर र ललितपुरमा बिहीबारदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा छ ।
पाल्पा र पनि निशेधाज्ञा जारी गरिएको छ भने सल्यानमा १९ गते बिहान ६ बजेदेखि आदेश जारी गरिएको छ ।
अन्य कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, रुपन्देही, सल्यान र सुनसरी जिल्लामा पनि निषेधाज्ञा लागू भएको छ ।








