क्लासिकटेकको तुफान अफर सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्था क्लासिकटेकले आफ्नो तुफान अफर सार्वजनिक गरेको छ ।

कोभिडका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञा तथा लकडाउनमा सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले तुफान अफर सार्वजनिक गरेको जनाएको छ ।

घरमा बसेर गरिने अनलाइन काम र अनलाइन क्लासलाई ध्यानमा राखी तुफान अफर सार्वजनिक गरेको क्लासिटेकले जनाएको छ ।

उक्त अफरमा सेवाग्राहीले ५० एमबीपीएसदेखि १०० एमबीपीएससम्मको हाई स्पीड ईन्टरनेट र फ्री आइपीटीभी पनि पाउने जनाएको छ ।

यो अफरमा ५० एमबीपीएसअन्तर्गत प्रतिमहिना १ हजार २५० रुपैयाँको दरमा १ वर्षका लागि १५ हजार रुपैयाँ (भ्याट बाहेक) जसमा २ आइपीटीभी निःशुल्क हेर्न पाइने बताइएको छ ।

क्लासिकटेकको इन्टरनेटसँग आइपीटीभीको ५० भन्दा बढी एचडी च्यानलहरू र १०० एस्डी च्यानलहरु निःशुल्क हेर्न पाउने क्लासिटेकले जनाएको छ ।

प्रतिक्रिया