वीरमा बाबुरामको शल्यक्रिया हुँदै
२०७८ वैशाख १७ गते

काठमाडौँ । जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुँदैछ । वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा आज उनको शल्यक्रिया हुन लागेको हो ।
त्यसका लागि पूर्व प्रधानमन्त्री भट्टराई बिहीबार अस्पताल भर्ना भएका थिए । यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।
तर त्यहाँको अस्पतालले क्यान्सर नभएको पुष्टि गरेको थियो । ट्युमर भने चाँडै फाल्नुपर्ने सुझाव चिकित्सकले दिएका थिए ।
२०७८ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित








