पृथ्वीको उत्कृष्ट ब्याटिङमा दिल्लीको जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले कोलकोता नाइटराइडर्सलाई ७ विकेटले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा कोलकोताले दिएको १५५ रनको लक्ष्य पछाएको दिल्लीले १६.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

दिल्लीको जितमा पृथ्वी शाले ४१ बलमा ८२ रन बनाएका थिए भने शिखर धवनले ४६ रन बनाएका थिए । त्यस्तै कप्तान ऋषव पन्तले १६ रन बनाएका थिए भने मार्कस स्टोइनिसले अविजित ६ रन बनाए । त्यस्तै कोलकोताका बलर पाट कमिन्सले ३ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाउदै १५४ रन बनाएको थियो । कोलकोताका लागि आन्द्रे रसेलले अविजित २७ बलमा ४५ रन बनाए भने शुभमन गीलले ४३ रन बनाए ।

त्यस्तै राहुल त्रिपाठीले १९, नितिश रानाले १५, दिनेश कार्तिकले १४ र पाट कमिन्सले अविजित ११ रन बनाए । त्यस्तै दिल्लीका बलर अक्सर पटेल र ललित यादवले २-२ विकेट लिए भने अभेश खान र मार्कस स्टोइनिसले एक-एक विकेट लिए ।

यो जितपछि दिल्ली क्यापिटल्सले पाँचौ जित हासिल गरेको छ । दिल्लीको ७ खेलमा पाँच जितसहित १० अंक हासिल गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै कोलकोताले भने जारी आइपिएलमा ७ खेलमा पाँचौ हार बेहोरेको छ ।

प्रतिक्रिया