महानगरले संक्रमित र अन्यका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान/ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।

पछिल्लो समय कोरोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएपछि काठमाडौं महानगरले १० वटा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ गरेको हो ।

एम्बुलेन्स सेवा सञ्चालन गर्न महानगरले बिहीबार एम्बुलेन्स चालक संघसँग सम्झौता पनि गरेको छ ।

सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पुर्‍याउने महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको उनले जानकारी दिए ।

त्यस्तै उनले कोरोना संक्रमणलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले लागू गरेको निषेधाज्ञा पालना गराउन महानगर गम्भीर रहेको बताए ।

महानगरले समुदायस्तरमा सचेतनाका बढाउन शिक्षकहरू परिचालन गर्ने, जोखिमयुक्त स्थानमा निःसङ्क्रमण गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र स्थापनाका लागि सहयोग गर्ने उनले बताए ।

प्रतिक्रिया