वात्सल्यले दियो १५ सय दम्पतीलाई सन्तान प्राप्तिको खुशी

काठमाडौं । बदलिँदो जीवनशैली, असन्तुलित खानपान, वातावरण प्रदूषण जस्ता विभिन्न कारणहरुले हाम्रो प्रजनन् क्षमतामा कमी आइरहेको छ । वर्षेनी सयौं दम्पतीहरु ३ देखि १५ वर्षसम्म सन्तान प्राप्तिका लागि प्रयास गर्दा पनि सफल नभएर आइभिएफ (इन भिट्रो फर्टीलाइजेशन)जस्ता आधुनिक उपचारका लागि विदेश नै जानुपर्ने बाध्यता रहँदै आएको छ ।

विदेश नै जानुपर्ने बाध्यता अन्त्य गर्न र नेपालमै सेवा दिन ४ वर्षअघि वात्सल्यको स्थापना गरेको कार्यकारी निर्देशक सृष्टि खड्काले जानकारी दिइन् । वात्सल्यले करिब १५ सय दम्पतीलाई आईभीएफमार्फत सन्तान प्राप्तिको खुसी दिन सफल भएको छ । स्थापनाको छोटो समयमै करिब १५ सय आईभीएफ, ३ सय आईयूआई र ४५० प्राकृतिक गर्भधारण गराउन सफल क्लिनिकमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सेवाको अनुभव भएका चिकित्सक उपलब्ध भएको उनले बताइन् ।

उनले भनिन्, ‘निःसन्तानसम्बन्धी सम्पूर्ण उपचार सफलतासाथ नेपालमै गराउन सम्भव छ ।’ नेपाल, पाकिस्तान, हङकङ, जापान,अमेरिका, अस्ट्रेलिया जस्तामुलुकमा बस्ने विभिन्न दम्पतीले वात्सल्यमा सफल उपचार गराइसकेको उनले बताइन् ।

एक ५० वर्षीय जापानी महिलाको आईभीएफ सफलताको अनुभव सुनाइन् । ‘जापानी महिलाको ३–४ आईभीएफ प्रयास जापानमै असफल भइसकेको थियो र नेपाल आउँदा महिनावारी पनि सुकिसकेको थियो त्यसैले विगतको अवस्थालाई राम्ररी अध्ययन गर्दै उपचार थाल्यौं,’ उनले भनिन्, ‘उमेर आफैंमा एक ठूलो चुनौती हो । विशेष निगरानी र सावधानीले गर्दा पहिलो प्रयासमै दुई सन्तान प्राप्त भयो ।’

निःसन्तानसम्बन्धी कारण पहिचान र उपचार, आईभीएफ, आईयूआई, वीर्य जाँच, डिम्ब र शुक्राणु भ्रुणको फ्रिजिङ, प्रसूति पूर्वको सम्पूर्ण जाँच, बालरोग उपचार सेवाजस्ता गर्भधारणसँग सम्बन्धित सेवा प्रदान गर्दै आएको क्लिनिकको सेवा नारायणचौर नक्सालका साथै बीटीएस चौक नेपालगन्जबाट पनि प्राप्त गर्न सकिने उनले बताइन् ।

प्रतिक्रिया