बागमती प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्री थपिए

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद्मा तीन मन्त्री र एकजना राज्यमन्त्री थप गरेका छन् ।

मुख्यमन्त्रीले सामाजिक विकासमन्त्रीमा सरस्वती बस्नेत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सरेश नेपाल र आन्तरिक मामिला मन्त्रीमा केशवराज पाण्डेलाई तथा सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारी थप गरेका हुन् ।

चारैजनालाई प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

प्रतिक्रिया