आन्तरिक हवाइ उडान सुचारु राख्ने वायु सेवा संघको तयारी

काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले हवाइ उडान सुचारु राख्ने निर्णय गरेको छ ।

१३ वैशाख २०७८ को मन्त्रिपरिषद्को निर्णय अनुसार हवाई सेवा सञ्चालक कम्पनीहरुले हवाई सेवा सुचारु राख्ने भएको संघका प्रवक्ता योगराज कँडेलले जानकारी गराएका छन् ।

नेपाल नागरिक उड्डयन प्राविधिकरणबाट अनुमोदिनत कोभिडसम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गरी हवाई सेवा सूचारु राख्ने जनाएको हो ।

हवाइ यात्रा सुरक्षित भएको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्दै यात्रा गर्न संघले यात्रुहरुसमक्ष आग्रह गरेको छ ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977074846″ /]

प्रतिक्रिया