मधेश आन्दोलनका मुद्दा फिर्ता, को को हुँदैछन् रिहा ?

कठमाडौं । सरकारले मधेश आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दा फिर्ता लिने निर्णय गरेकाे छ । बुधवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले  ‘सरकार वादी भइ चलाइएका १५ वटा मुद्दामा संलग्न १२० जना व्यक्तिको मुद्दा फिर्ता लिने निर्णय गरेको जानकारी दिएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) को मागबमोजिम सरकारले निर्णय गर्नुलाई जसपा र एमाले नेतृत्वकाे बर्तमान सरकारबिचकाे सहकार्य सहज हुने अनुमानका रुपमा पनि लिइएकाे छ ।

महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा मन्त्रिपरिषद् बैठकले मुद्दा फिर्ताको निर्णय लिएको प्रवक्ता गुरुङले बताए । मुद्दा फिर्तासम्बन्धी निर्देशिका, कानून र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको गुरुङले बताए ।

प्रतिक्रिया