प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले मकालु खबरलाई दिएको जानकारीअनुसार सीतालाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । ‘अस्पताल पुर्याउँदा उहाँको शरीरमा सोडियमको मात्रा कम भइसकेको रहेछ,’ जुगलले भने– ‘अहिले क्रमिक रुपमा सुधार हुँदैछ ।’

सीता लामो समयदेखि पार्किन्सनजस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी’ बाट पीडित छिन् ।

गत पुसमा उनलाई भारतको नयाँदिल्लीमा उपचार गरी ल्याइएको थियो । हालै उनका छोरीहरुले सामाजिक सञ्जालमा पोस्ट् गरेको तस्बिरअनुसार सीताको स्वास्थ्य बिग्रँदै गउको छ ।

प्रतिक्रिया