स्मृति दिवसमा पाण्डेको कविता सङ्ग्रह ‘मेरी नैनी’ सार्वजनिक

काठमाडौँ । साहित्यकार पोषण पाण्डेको कविता सङ्ग्रह ‘मेरी नैनी’ सार्वजनिक भएको छ । पाण्डेको २९ औँ स्मृति दिवसको अवसर पारेर साहित्यकार रोचक घिमिरेको प्रमुख आतिथ्ययतामा सङ्ग्रह लोकार्पण गरिएको हो ।

मन्तव्यको क्रममा बोल्दै साहित्यकार तथा समालोचक द्वय प्रा.डा गोविन्दराज भट्टराई र ज्ञानु पाण्डेले पोषण पाण्डेको कवि व्यक्तित्वबारे प्रकाश पारेका थिए ।

पाण्डेको रचनामा सङ्गीतकार राजु सिंहद्वारा सङ्गीतबद्ध गीतलाई गायिका बानिका प्रधानले कार्यक्रममा गाएर सुनाएकी थिइन् ।

पोषण पाण्डे तीर्थ सदनका उपाध्यक्ष वरिष्ठ साहित्यकार कणाद महर्षिद्वारा स्वागत गर्दै प्रारम्भ भएको उक्त समारोहलाई सदनका अध्यक्ष तथा समारोहका सभा अध्यक्ष साहित्यकार विजय चालिसेले सबैलाई धन्यवाद दिँदै आफ्नो मन्तव्यको क्रममा पोषण पाण्डेका अन्य थुप्रै फुटकर रचनाहरूलाई खोजी गरेर क्रमशः प्रकाशमा ल्याउने कुरामा पोषण पाण्डे तीर्थ सदन लागिरहने बताए ।

प्रतिक्रिया