बेड नपाएर बिरामीको मृत्यु, अस्पतालमा तोडफोड

काठमाडौँ । भारतको बिहारस्थित अपोलो अस्पतालमा तोडफोड भएको छ । बेड नपाएर बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

गम्भीर अवस्थामा मंगलबार अस्पताल पुर्‍याइएकी कोरोना संक्रमित ६२ वर्षीया महिलाको इमर्जेन्सीमै अक्सिजन दिएर राखिएको थियो । आफन्तले आईसीयू बेड मिलाइन दिन अस्पताललाई आग्रह गरिरहेका थिए  तर, अस्पतालले नभएको भन्दै थप उपचारका लागि अन्य अस्पतालमा लैजानलाई भनेको थियो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार आईसीयू बेडकै लागि आफन्त र कर्मचारीबीच गलफत्ती चलिरहँदा संक्रमित महिलाको मृत्यु भएको हो । त्यसपछि आक्रोशित आफन्तले डाक्टर र नर्समाथि आक्रमण गर्नुका साथै अस्पतालमा तोडफोडमा गरेका हुन् । घटनामा अस्पतालका चिकित्सक र नर्सहरू पनि घाइते भएका छन् । –एजेन्सी 

प्रतिक्रिया