सुनको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । भने मंगलबार तेजावी सुन ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै चाँदी पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया