दिल्लीलाई एक रनले हराउँदै बैंग्लोर शीर्ष स्थानमा

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको रोमान्चक खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो ।

नरेन्द्र मोदी स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७१ रन बनाएको थियो । १७२ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७० रनमात्र बनाउन सक्यो ।

जितसँगै बैंग्लोर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बैंग्लोरले ६ खेलबाट १० अंक जोडेको छ । समान खेलमा चारमा जित र दुईमा पराजयका साथ दिल्ली ८ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया