सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले कोभिड–१९ विरुद्धको अभियान सशक्त बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माग गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको बैठकले कोभिड–१९ को दोस्रो लहरविरुद्धको अभियान प्रभावकारी बनाउन सर्वपक्षीय संयन्त्र बनाउन माग गरेको हो ।

नेपालमा पनि कोभिडको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको सन्दर्भमा जीवनको रक्षा, अर्थतन्त्रलगायत बहुआयामिक प्रभावलाई सम्बोधन गर्न सरकार, राजनीतिक दल, नागरिक समाज, चिकित्साकर्मी, जनस्वास्थ्यविद्, संघ सँस्था सबैले सहकार्य र हातेमालो गर्न आवश्यक भएको निष्कर्ष निकाल्दै सर्वपक्षीय संयन्त्र बनाउन माग गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै कोभिड १९ महामारी भयावह बनिरहेको भारतसँगको सीमा नाका नियन्त्रण गरि नेपाली नागरिकमात्रै नेपाल आउन पाउने नियम लागू गर्नुपर्ने उनीहरुको स्वास्थ्य परीक्षण अनिवार्य गर्ने र अन्य स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने ब्यवस्थालाई लागू गर्न पनि बैठकले माग गरेको छ ।

प्रतिक्रिया