कर्मचारीलाई कोरोना देखिएपछि त्रिचन्द्र क्याम्पस एक साता बन्द

काठमाडौं । कर्मचारीहरूलाई कोरोना संक्रमण देखिएको भन्दै त्रिचन्द्र क्याम्पस बन्द गरिएको छ ।

क्याम्पसले सोमबार सूचना जारी गरी क्याम्पसका विभिन्न विभाग तथा शाखामा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि (आज) मंगलबारदेखि क्याम्पसका सबै कामकारबाही बन्द भएको बताइएको छ ।

सहायक क्याम्पस प्रमुख जनकराज ढुंगानाद्वारा जारी विज्ञप्तिमा वैशाख २० गतेसम्म क्याम्पसका सम्पूर्ण कार्य बन्द गरिएको उल्लेख छ ।

क्याम्पस प्रशासनका अत्यावश्यक कार्यहरू भने आवश्यकताअनुसार सञ्चालन गरिने क्याम्पसले बताएको छ ।

No description available.

प्रतिक्रिया