‘सरकारको मात्र भर नपरी नागरिक दायित्व पनि निर्वाह गरौँ’ [भिडिओसहित]
![‘सरकारको मात्र भर नपरी नागरिक दायित्व पनि निर्वाह गरौँ’ [भिडिओसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2020/09/kamal-thapa.jpg)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कोरोना महामारीको सन्दर्भमा सरकारको मात्रै आश नगर्न सुझाएका छन् । अध्यक्ष थापाले ट्वीटरमार्फत एक भिडिओ सामग्री सार्वजनिक गर्दै कोरोना संक्रमणबाट बच्ने सन्दर्भमा सरकारको मात्रै आश गरेर नबस्न भन्दै आफूले पनि नागरिक दायित्व निर्वाह गर्न सुझाव दिएका हुन् । ‘सरकारको मात्र भर नपरी नागरिक दायित्व पनि निर्वाह गरौँ,’ अध्यक्ष थापाले भनेका छन् ।
दोस्रो लहरको कोरोना महामारी डरलाग्दो र विकराल बन्दै गएको अध्यक्ष थापाको भनाइ छ । स्वास्थ्य मापदण्डलाई ख्याल गर्न आग्रह गरेका थापाले थपेका छन्, ‘मास्कको प्रयोग गरौँ, भौतिक दूरी कायम गरौँ, साबुन पानीले हात धोऔं ।’
नयाँ प्रजातिको कोरोना शुरु भएयता नेपालमै दर्जनौंले ज्यान गुमाइसकेका छन् । यसपछि सरकारले मुलुकमा ठूला शहरहरुमा निषेधाज्ञा गर्न आदेश दिएको छ भने निश्चित समयको लागि शैक्षिक संस्थानहरु बन्द गर्न भनेको छ ।
कोरोना महामारी डरलाग्दो र विकराल हुंदैछ।
मास्क प्रयोग गरौँ, भौतिक दूरी कायम गरौँ, साबुन पानीले हात धोऔं!
आफु पनि बाँचौ, परिवार र समाजलाई पनि बचाऔँ!!सरकारको मात्र भर नपरी नागरिक दायित्व पनि निर्वाह गरौँ pic.twitter.com/n1C6D72ML4
— Kamal Thapa (@KTnepal) April 27, 2021








