सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । मगंलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै चाँदी पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया