कोरोना सचेतनासहित केएमसीकाे निःशुल्क शिविर

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ मा कोरोना सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

स्थानीय नेवारी संस्था किसिगाल ग्वाहलि पुचः सँगको सहकार्यमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले शिविर सञ्चालन गरेको हो । स्थानीय उत्तरबाहिनी स्कूलमा सञ्चालन गरिएको शिविरमा कोरोनाका लक्षण, बच्ने उपाय र संक्रमण भए अपनाउँनुपर्ने सावधानीका बारेमा जानकारी गराइएको केएमसीले जनाएको छ ।

सोही अवसरमा विरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको जनाएको छ । शिविरमा १ हजार १ सय २३ जनाको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार परीक्षण गराइएका मध्ये २०५ जनाको ल्याबटेष्ट, १९२ जनाको इसीजी र १८५ जनाको भिडियो एक्सरे गरिएको बताएको छ । यता, दाँतमा समस्या भएका ५५ जना विरामीको दाँत खोलिएको केएमसीले जनाएको छ ।

प्रतिक्रिया