पन्जाबमाथि कोलकाता सहज जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइटराइडर्सले पञ्जाब किंग्सलाई ५ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जाबले दिएको १२४ रनको लक्ष्य पछाएको कोलकोताले १६.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

कोलकोताका लागि कप्तान इयोन मोर्गनले अविजित ४७ रन बनाए भने राहुल त्रिपाठीले ४१ रन बनाएका थिए । त्यस्तै दिनेश कार्तिकले १२ र आन्द्रे रसेलले १० रनको योगदान गरेका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाउदै १२३ रन बनाएको थियो ।

पञ्जाबका लागि मयंक अग्रवालले ३१, क्रिस जोर्डनले ३०, केएल राहुल र नोकोलस पुरनले १९-१९ रन बनाएका थिए । त्यस्तै शाहरुख खानले १३ रनको योगदान गरेका थिए ।

त्यस्तै कोलकोताका बलर प्रसिद् कृष्णले ३ विकेट लिए भने पाट कमिन्स र सुनिल नारनले २-२ विकेट लिए । यो जितपछि कोलकोताले आफ्नो ६ खेलमा दोस्रो जित हासिल गरेको छ ।

प्रतिक्रिया