सुर्खेतमा मंगलवारबाट एक हप्ता निषेधाज्ञा

सुर्खेत । सुर्खेतमा एक हप्ताका लागि निषेधाज्ञा लागू गरिएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, सुर्खेतले भोलि (मंगलबार) राति १२ बजेदेखि बैशाख २१ गते रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले छिमेकी जिल्ला बाँके, बर्दियासहितका जिल्लामा समेत कोभिड संक्रमण बढेकोले जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा गरेको उनले बताए ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा र त्यसका लागि आवश्यक सवारीसाधन बाहेक बैंक, वित्तीय संस्था, सवारीसाधन, पसल व्यवसाय बन्द हुनेछन् । यस्तै, आवश्यक काम बाहेकको हिँड्डुलमा रोक लगाइएको छ ।

निषेधाज्ञाको समयमा सार्वजनिक निर्माण कार्य र हवाई सेवा भने खुल्ला रहने प्रजिअ रिजालले जानकारी दिए ।

प्रतिक्रिया