कैलाली र कञ्चनपुरमा रातिको समयमा ‘लकडाउन’
२०७८ वैशाख १३ गते

धनगढी । कैलाली र कञ्चनपुरमा आजदेखि रातिको समयमा लकडाउन गर्ने निर्णय गरिएको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि राति ८ बजेदेखि बिहान ५ बजेसम्म लकडाउन गर्ने निर्णय गरिएको हो । दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।
यो समयमा हिँडडुल गर्न पनि बन्देज लगाइएको छ । अन्य समयमा पनि अनिवार्य कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ ।
बैठकले स्थानीय थहरुलाई साविकका क्वारेन्टाइन र आइसोलसनलाई पुनः सञ्चालनमा ल्याउन र आवश्यक ठाउँमा थप गर्न आग्रह गर्ने निर्णय गरिएको छ ।
२०७८ वैशाख १३ गते
प्रतिक्रिया
सम्बन्धित








