ओपो एफ १९ प्रोका ३ विशेष फिचर सार्वजनिक

काठमाडौं । ओपोले केही समयअघि मार्च महिनामा आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ १९ प्रो नेपालमा सार्वजनिक गरेको छ ।

छोटो समयमै निकै लोकप्रियता पाएको उक्त ह्याण्डसेटले, अल्ट्रा-स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि समाहित गर्दै प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फङ्गसनको साथमा उत्कृष्ट भिडियो, एआई कलर पोट्रेट भिडियो, ३० वाट भोक फ्ल्यास चार्ज ४.० लगायत फिचरका साथमा उत्कृष्ट प्राविधिक अनुभूति प्रदान गर्दै आइरहेको ओपोले जनाएको छ ।

एफ १९ प्रोमा ४८ एमपी मेन क्यामेरासहितको क्वाड क्यामेरा सेटअप उपलब्ध रहेको ओपोले जनाएको छ । फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरुमा मेन क्यामेरा ८ एमपी अल्ट्रा वाइड-एंगल क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र २ एमपी मोनो क्यामेराका साथमा काम गर्न कम्पनीले जनाएको छ ।

फोटोमा उत्कृष्टताका लागि ओपोले डायनामिक बोके, नाइट फ्लेयर पोट्रेटलगायत ईफेक्ट पनि फोनमा उपलब्ध गराएको जनाएको छ ।

तीव्र गतिको चार्जिङ सुविधाका लागि ३० वाट भोक फ्ल्यास चार्ज ४.० प्रविधिका साथै ब्याट्री छिटो सकिने कारणले उपभोक्ताको दैनिकीमा कुनै समस्या नआओस् भन्ने सोचका साथ एफ १९ प्रोमा लामो समय सम्म टिक्ने ४३१०एमएएच क्षमताको ब्याट्री जडान गरिएको जनाएको छ ।

ओपो एफ १९ प्रो, फ्ल्यूड ब्ल्याक र फ्यान्ट्यास्टिक पर्पल गरी दुई आकर्षक रंगमा उपलब्ध छन् । ८ जीबी र्‍याम र १२८ जीबी सञ्चय क्षमतासहितको एफ १९ प्रोको मूल्य ४४ हजार ९ सय ९० निर्धारण गरिएको जनाएको छ ।

प्रतिक्रिया