म्याचेस्टर सिटीलाई कारबाओ कप उपाधि

काठमाडाैँ । म्यानचेस्टर सिटीले यस बर्षको इएफएल (कारबाओ) कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा टोटनहमलाई १-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले इएफएल कपको उपाधि जितेको हो ।

सिटीको जितमा खेलको ८२औं मिनेटमा अमेरिक लापोर्टले गरेको गोल खेलको निर्णायक गोल बनेको थियो । यस सिजनमा प्रिमियर लिग जित्ने लगभग पक्का भएको सिटीले आठौ पटक इएफएल कपको उपाधि जितेको छ । सिटीले लगातार चौथो वर्ष यो उपाधि जितेको हो ।

प्रतिक्रिया