सुपर ओभरमा दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ । गएराती सम्पन्न खेलमा निर्धारित २० ओभरको खेलमा दुवै टिमले १५९-१५९ रन बनाएपछि खेलको निर्णय सुपर ओभरको आधारमा गरिएको थियो ।

सुपर ओभरमा हैदारावादले दिएको ८ रनको लक्ष्य दिल्लीले अन्तिम बलमा पूरा गर्दै खेल जितेको हाे । यो जितपछि दिल्लीले ५ खेलमा चौथो जित हासिल गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । हैदरावाद २ अंक सहित तालिकाको सातौँ स्थानमा छ ।

प्रतिक्रिया