पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमल र छोरी प्रेरणाको स्वास्थ्य सुधार

काठमाडौं । कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्थामा सुधार भइरहेको नर्भिक अस्पतालले जनाएको छ ।

कोरोनाका लक्षणहरू कम हुँदै गएकाले सुधारात्मक अवस्था रहेको अस्पतालले जनाएको छ । उनीहरूको शनिबार दिउँसो १ बजेदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि तीनै जनालाई शनिबार अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया