बैंगलोरलाई पराजित गर्दै चेन्नई शीर्षस्थानमा

नयाँ दिल्ली । चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६९ रनले पराजित गर्दै चौंथो जित निकालेको छ ।

चेन्नईले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।

बैंगलोरका लागि देबदुत पडिकलले सर्वाधिक ३४ रन बनाए भने ग्लेन म्याक्सवेलले २२ रन जोड्दा केली जेमिसनले १६ रन बनाए । मोहमद सिराज १२ रनमा अविजित रहे भने कप्तान विराट कोहली ८ रनमा आउट भए ।

चेन्नईका रविन्द्र जडेजाले ३ तथा इमरान ताहिरले २ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

चेन्नईका लागि रविन्द्र जडेजाले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै फाप डु प्लेसिसले ५० रनको इनिङ्स खेल्दा रुतुराजले ३३ रन बनाए ।

प्रतिक्रिया