मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

भायानेटले ल्यायो भाइबर च्याटबोट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले आफ्ना ग्राहकका लागि भाइबर च्याटबोट ल्याएको छ ।

जसअन्तर्गत अब ग्राहकले भाइबरबाट भायानेट च्याटबोटसँग च्याट गरेर भायानेटसम्बन्धी आफूलाई लागेको जिज्ञासा र समस्याको तुरुन्त जवाफ वा समाधान पाउन सक्नेछन् ।

ग्राहकहरुलाई उत्कृष्ट सेवाहरु प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यो योजनाअन्तर्गत रहेर ग्राहकले कुनै पनि सेवाको बिलसम्बन्धी जिज्ञासा र इन्टरनेटसम्बन्धी प्रश्नहरुको उत्तर आफ्नो मोबाइलबाटै भाइबर च्याटबोटमार्फत् तुरुन्तै पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com