एमबाप्पे चम्कदा पीएसजी शीर्षस्थानमा

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पीएसजीले शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पीएसजीले मेट्जलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए । एम्बाप्पेले खेलको चौथो र ५९औं मिनेटमा गोल गरेका थिए । त्यस्तै अर्को गोल माउरो इकार्डीले खेलको ८९औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

त्यसैगरी मेट्जका लागि एक गोल फाबिएन सेन्टोनजले खेलको ४६औं मिनेटमा फर्काएका थिए । यो जितसँगै पीएसजी लिग वानको शीर्ष स्थानमा उक्लिएको छ ।

पीएसजीको ३४ खेलमा ७२ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको लिलेको ३३ खेलमा ७० अंक रहेको छ । त्यसैगरी हार बेहोरेको मेट्जको भने ३४ खेलमा ४३ अंक छ र लिगमा १०औं स्थानमा रहेको छ ।

प्रतिक्रिया