कोलकातामाथि राजस्थानको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले कोलकोता नाइटराइडर्सलाई ६ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले दिएको १३४ रनको लक्ष्य पछाएको राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको हो ।
राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्वाधिक अविजित ४२ रन बनाएका थिए भने डेविड मिलरले अविजित २४ रन बनाए । त्यस्तै शिभम दुबे र यजश्वी जैसवालले २२-२२ रन बनाएका थिए । त्यस्तै कोलकोताका बलर वरुण चक्रवर्तीले २ विकेट लिए भने शिभम माभी र प्रसिद् कृष्णले एक-एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । कोलकोताका लागि राहुल त्रिपाठीले सर्बाधिक ३६ रन बनाए भने दिनेश कार्तिकले २५, नितिश रानाले २२, शुभमन गीलले ११, पाट कमिन्सले १० रन बनाएका थिए ।
त्यस्तै राजस्थानका बलर क्रिस मोरिसले सर्बाधिक ४ विकेट लिए भने जयदेव उनदकट, चेतन सकारिया र मुस्ताफिजुर रहमानले एक-एक विकेट लिए । यो जितसँगै राजस्थानले आइपिएलको यस सिजनमा पाँच खेलमा दोस्रो जित हासिल गरेको छ । कोलकोताको भने जारी आइपिएलमा पाँच खेलमा चौथो हार हो ।








