कोरोनाको दोस्रो लहर : प्रदेश १ मा ६ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । विराटनगरमा शनिवार थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको हो । मोरङको विराटनगर महानगरपालिका–६ का एक पुरुषको आज मृत्यु भएको हो ।

सुनसरीको इनरुवामा चस्मा पसल सञ्चालन गर्दै आएका उनलाई लक्षणसहितको कोरोना पुष्टि भएपछि वैशाख ३ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको शनिवार बिहान मृत्यु भएको कोभिड १९ उपचार केन्द्रका निमित्त संयोजक एपोलो भगतले बताए ।

प्रतिक्रिया