शुभ जन्मदिन सचिन !

काठमाडौं । क्रिकेटको संसारमा मास्टर ब्लास्टर नामले परिचित सचिन तेन्दुलकरको आज ४८औं जन्मदिन । भर्खरै मात्र कोरोना संक्रमणबाट मुक्त भएका सचिनले आफ्नो जन्मदिन मुम्बईमा परिवारसँग मनाउने भएका छन् । जीवनका २४ वर्ष विश्व क्रिकेटमा राज गरेका सचिनलाई क्रिकेटको भगवान् मान्नेहरु पनि धेरै छन् ।

सचिनले आफ्नो क्रिकेट करिअरमा कीर्तिमानै कीर्तिमान बनाएका छन् । उनका कति कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

सचिन अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । उनले एक दिवसीय र टेस्ट् क्रिकेटमा सबैभन्दा धेरै शतक बनाएका छन् । सबैभन्दा कम उमेरमा टेस्ट डेब्यु गर्ने खेलाडीमध्येका एक सचिनले दुई सय खेल खेलेका छन् । २ सय टेस्ट् म्याच खेल्ने उनि संसारका एकमात्र ब्याट्सम्यान हुन् । दोस्रो नम्बरका रिकी पोटिङ्ले १ सय ६८ टेस्ट् खेल खेलेका छन् ।
टेस्ट् क्रिकेटमा सचिनले जम्मा १५ हजार ९ सय २१ रन बनाएका छन् । उनि टेस्ट् म्याचमा १५ हजारभन्दा बढी रन बनाउने अहिलेसम्मका एक मात्र खेलाडी हुन् । सचिनले ६ वटा एकदिवसीय वल्र्डकप खेलेका छन् । यसमा पाकिस्तानका जावेद मियान्दादको रेकर्डमा सचिनले बराबरी बनाएका हुन् । सचिन तेन्दुलकरले एकदिसीय विश्वकपमा सबैभन्दा धेरै २ हजार २ सय ७८ रन बनाएर विश्व कीर्तिमान बनाएका छन् । सचिनको नाममा सबैभन्दा धेरै ‘म्यान अफ द म्याच’ र सबैभन्दा धेरै अर्धसतकको विश्व कीर्तिमान पनि छ ।

सन् १९७३ मा मुम्बईमा जन्मिएका सचिनले आफ्नै प्रसंशकसँग विवाह गरेका हुन् । सचिनकी श्रीमती डा. अन्जलीले उनलाई पहिलोपटक मुम्बई विमानस्थलमा देखेकी थिइन् । आफ्ना साथीसँग आमा बुबालाई लिन जाँदा अन्जली र सचिनको देखादेख भएको थियो ।

सचिन तेन्दुलकर इंग्ल्यान्डबाट मुम्बई विमानस्थल उत्रिएका थिए । सोही समय अन्जली सचिनको अटोग्राफका लागि पछिपछि दौडिएकी थिइन् तर सचिनले अटोग्राफ दिन भ्याएनन् । पछि एकजना साथीको माध्यमबाट सचिनको नम्बर पत्ता लगाएकी थिइन् अन्जलीले । त्यसपछि लगातार कुराकानी हुँदा सचिन अन्जलीको प्रेममा परेका थिए । करिब ५ वर्षको प्रेम सम्बन्धपछि अन्जली र सचिनको विवाह भएको थियो । अन्जली मेडिकल डाक्टर हुन् ।

उनले सन् ……….मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् । खेलाडीका रुपमा मैदान नदेखिएपनि उनी प्रशिक्षक र मेन्टरका रुपमा भने क्रिकेटमै सक्रिय छन् । उनी आइपीएलमा मूम्बइ इन्डियन्स टिमका मेन्टर हुन् ।

प्रतिक्रिया