नेदरल्याण्ड्ससामु नेपालको कीर्तिमानी २३९ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई २३९ रनको लक्ष्य दिएको छ । यो नेपालले ट्वेन्टी ट्वेन्टी क्रिकेटमा बनाएको अहिलेसम्मको धेरै रन हो । यसअघि १३ औं दक्षिण एशियाली खेलकुदमा नेपालले भुटानसामू २३६ रन बनाएको थियो ।

त्रिवि मैदान कीर्तिपुरमा नेरदल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले दुई खेलाडीको अर्धशतक मद्दतमा २३८ रन बनाएको हो ।

नेपालका कुशल भुर्तेलले ७७ रन बनाए । यस्तै कुशल मल्ल ५० तथा दिपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे । राष्ट्रिय टिमबाट पहिलो अर्धशतक बनाउने क्रममा मल्लले २४ बलमा ५० रन पूरा गरे । आक्रामक ब्याट्स्म्यानको रुपमा परिचय बनाइरहेका मल्लले ५ छक्का र २ चौकासहित ५० रन बनाए ।

उनले नेपालका लागि दोश्रो छिटो अर्धशतक बनाएका हुन् । यसअघि ज्ञानेन्द्र मल्लले २१ बलमा मलेशियासँग अर्धशतक बनाएका थिए ।

कुशल भुर्तेलले ७७ रन बनाउने क्रममा ५३ बलमा ८ चाैका र ३ छक्का प्रहार गरे । उनले याे प्रतियाेगिताका पाँचमध्ये चार खेलमा अर्धशतक बनाए । उनले यहि प्रतियाेगितामा डेब्यु गरेका हुन् ।

१७ बर्षिय कुशलले यहि प्रतियोगिताबाट राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले ३३ र आशिफ सेखले १६ रनको योगदान गरे । ज्ञानेन्द्रले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

समूह चरणमा नेपाल र नेदरल्याण्ड्सले दुई खेल खेलेका थिए । जसमा  दुबै टिमले एक एक जीत हात पारेका थिए ।

 

प्रतिक्रिया