तस्बिरमा त्रिदेशीय ट्वेन्टि ट्वेन्टि क्रिकेटकाे फाइनल खेल

 

काठमाडौं । अहिले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट सिरिज चलिरहेको छ ।

सिरिजमा नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् त कतिपयले अन्तर्राष्ट्रिय टी–ट्वेन्टीमा कीर्तिमान बनाएका छन् ।
सिरिजका चार सकिँदा नेपालले एक हार मात्रै ब्यहोर्नु परेको छ । जे होस्– अहिलेसम्म भएका खेलमा नेपालको प्रस्तुति स्मरणयोग्य नै छ ।

शनिवार पनि नेपालले नेदरल्याण्ड्सविरुद्ध खेलिरहेको छ । घरेलु मैदानमा जित्नैपर्छ भन्ने मनसुबाका साथ मैदान आर्लिएको नेपाल आफूलाई अझै सच्याएर प्रस्तुत गरिरहेको छ ।

सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल फाइनलमा पनि त्यही लयलाई कायम गर्न चाहन्छ । आज नेपालका लागि डेब्यू खेलाडी कुशल भुर्तेलले उत्कृष्ण खेलिरहेका छन् ।

प्रतिक्रिया